Logo

पत्रकार राईलाई ‘फोनिज युके’ पत्रकारिता पुरस्कार



झापा, १९ माघ । झापाका अग्रज पत्रकार दिपीन राईलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज युके)ले हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कारको नगद राशी रु २५ हजार रहेको छ । उनीसँगै उक्त पुरस्कारबाट चितवनकी संगीता चेपाङ पनि पुरस्कृत भएकी छन् । पुरस्कृत हुनलागेका पत्रकार राई यलम्बर टाइम्स साप्ताहिक र अनलाइन पत्रिकाको सम्पादक छन् ।

उनले बिगत तीन दशकदेखि झापामा सक्रिय ग्रामीण पत्रकारिताको नेतृत्व गरिरहेका छन् । पत्रकार चेपाङ चितवनबाट प्रशारित इच्छा कामना एफएममा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्