Logo

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो



अर्घाखाँची, २० माघ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं.२ उपल्लो ढाकावाङस्थित थापा डाँडामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ढाका वाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जिप शनिवार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख प्रतिक सिह राठौरले जानकारी दिए ।

मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्वर २ मुलटंकि निवासी देवा वेल्वासे र सन्धिखर्क नगरपालिका वडा नम्वर ८ खापडाडा निवासी डेमकला आचार्य रहेका छन् । घाइतेको उद्धार भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्