Logo

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २० माघ । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ ।

सचेतक महेश बर्तौलाका अनुसार बैठक आज र भोलि दुई दिन बस्नेछ । मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे बृहत छलफल हुने उनले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । त्यसअघि एमालेको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्