Logo

सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल



सोमालिया, २० माघ । सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ ।

जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू चढेका थिए र चालक दलका सदस्यलाई बन्धक बनाएका थिए ।

तर, जहाज अपहरण गर्ने डाँकाहरुको प्रयासलाई विफल पारिएको भारतीय नौसेनाले जनाएको छ । त्यहाँ भारतीय नौसेनाले अनुगमन गरिरहेको थियो । यो जहाजमा ११ इरानी, आठ जना पाकिस्तानी नागरिक र चालक दल रहेका भारतीय नौसेनालाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि जनवरी २९ तारिखमा पनि भारतीय नौसेनाले नै सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाँकुहरूको प्रयासलाई विफल पारेको थियो । त्यस क्रममा २९ जना पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्