Logo

बुद्धशान्तिमा पाँचथरका सेनेहाङको हत्या



झापा, २० माघ । झापाको बुद्धशान्तिमा एक जनाको हत्या भएको छ ।

बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या भएको हो ।

सेनेहाङलाई सोही ब्लक उद्योगमा काम गर्ने शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भएका अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेका प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ७:५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई तत्काल उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

अवस्था गम्भीर भइ थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५:१३ बजे उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्