Logo

श्रीमती र छोराको हत्या, प्रहरी जवान नेपाली पक्राउ



दाङ, २१ माघ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे दुई वर्षको छोराको हत्या गरेका छन् ।

साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेका हुन् ।

प्रहरीसामु पिमलालले श्रीमतीले अनावश्यक दबाब दिएका कारण हत्या गरेको दाबी गरेका छन् । आइतबार बिहान ७ बजे हत्या गरेको भन्दै ८ बजे उनी प्रहरी कार्यालय पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

शनिवार राति कार्यालयबाट बिदा मागेर नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं.१ मा श्रीमती र छोरासहित बसेको खुलेको छ । आइतबार बिहान यो विषयमा विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्