Logo

महासचिव भुसालको प्रश्न: पार्टी र नेता सफल हुँदा देश किन असफल भयो?



काठमाडौँ, २३ माघ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टी र नेताहरू सफल भए पनि देश किन असफल भयो भनी प्रश्न गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक दलहरूले आफूलाई सफल भएको दाबी गर्ने गरेको भए पनि देश असफल भइरहेको बताए ।

“राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ? सबै पार्टी सफल भइराख्ने,” उनले भने, “कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि, देशचाहिँ असफल हुने?”

नेपालका राजनीतिक दलहरू गुटमा परिणत भइसकेको उनले उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास र पात्रहरूमा समस्या भएको उनको भनाइ छ ।

“नेताचाहिँ सफल भइराख्ने, देशचाहिँ असफल भइराख्ने । पार्टीचाहिँ सफल हुने यो अन्तरविरोध कहाँ हो? के हो? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन,” उनले भने, “त्यसको अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरूमा समस्या छन् ।”

प्रतिक्रिया दिनुहोस्