Logo

चुरोटको ठुटोबाट सल्किएको आगोले जलेर घर नष्ट



सोलुखुम्बु, २३ माघ । सोताङ गाउँपालिका-५ शिवटार बजारमा चुरोटको ठुटोबाट सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ ।

सोमबार बेलुकी नचिनेको मानिसले फालेको चुरोटको ठुटोबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल मिश्रका अनुसार चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इन्स्पेक्टर मिश्रले बताए ।

यसैबीच आगलागी भएपछि हाम फालेर भाग्ने क्रममा त्यही घरमा कोठा भाडामा लिएर बस्दै आएका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-३ का काजीमान कटवाल घाइते भएका हुन् । घाइते कटवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्