Logo

डढेलो गाउँ पस्दा घरगोठ खरानी



उदयपुर, २४ माघ । उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका-१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो ।

ताप्ली-१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी वनमा आगलागी भएको हो ।

उनले भने, “घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।” वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उनले बताए । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरी चौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्