Logo

इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर युवकको ज्यान गयो



कालीकोट, २४ माघ । कालीकोटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए ।

मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्