Logo

अफ्रिका कप अफ नेसन्स: उपाधिका लागि आइभोरी कोस्ट र नाइजेरिया भिड्ने



आइभोरी कोस्ट, २४ माघ । डीआर कंगोविरुद्ध १-० को साँघुरो जित निकाल्दै घरेलु टिम आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका निम्ति नाइजेरियासँगको भेट पक्का गरेको छ ।

बुधबार राति आइभोरी कोस्टको ओलम्पिक स्टेडियम अफ एबिम्पेमा घरेलु टिमलाई जित दिलाउन सेबास्टियन हलेरले निर्णायक गोल गरेका थिए ।

हलेरले ६५औँ मिनेटमा गोल गर्दै आइभोरी कोस्टलाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा आइभोरी कोस्टले उपाधिका लागि नाइजेरियासँगको भेट पक्का गरेको हो ।

बुधबार नै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै नाइजेरियाले फाइनल यात्रा तय गरेको थियो । खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो ।

प्रतियोगिताको उपाधिका निम्ति फेब्रुअरी १२ मा आइभोरी कोस्ट र नाइजेरिया भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्