Logo

ट्युनिसियामा डुङ्गा पल्टिँदा १३ आप्रवासीको ज्यान गयो



ट्युनिसिया, २६ माघ । ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा १३ सुडानी आप्रवासीको ज्यान गएको छ ।

प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना शहरको तटबाट ४२ सुडानी नागरिक लिएर डुङ्गा इटाली जाँदै थियो ।

जहाजमा सवार सुडानीहरूसँग शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको शरण कार्ड भेटिएको छ । महदिया अदालतका सरकारी वकिलले घटनाको अनुसन्धान शुरु गरेका छन् ।

ट्युनिसिया, उत्तरपश्चिम अफ्रिकाको भूमध्यसागरीय तटमा अवस्थित रहेको तर पछिल्लो समय अवैध रूपमा युरोप प्रवेश गर्न चाहनेका लागि पहुँचको मुख्य विन्दुहरू मध्ये एक स्थलमार्ग बनेको  छ ।

प्रतिक्रिया दिनुहोस्