Logo

युक्रेनमा रुसलाई हराउन असम्भव : पुटिन



रुस, २६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरे पनि रुस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको दाबी गरेका हुन् । रुसलाई पश्चिमी विश्वासघातको सिकारको रूपमा चित्रण गर्दै उनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रसारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको कारणबारे आफ्ना कैयौँ स्पष्टीकरण दोहोर्‍याएका छन् ।

उनले युक्रेनको इतिहासबारे बुनिएका झुटा मान्यता, सोभियत सङ्घ विघटनबारे आफ्ना गुनासा र नेटो विस्तारका प्रसङ्गबारे चर्चा गरेका थिए । उाले युक्रेन नवनाजीहरूले भरिएको दाबी पनि गरेका थिए ।

पुटिनले रुसले युक्रेनमा आक्रमण नगरेको दाबी दोहोर्‍याउँदै रुसले आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम देखिएकाले प्रतिक्रिया व्यक्त गरेको दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्