Logo

लक्ष्मीनारायणको वार्षिकोत्सवमा दातादेखि शिक्षकसम्म सम्मानित



झापा, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको २४ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईं रहेकी थिइन् ।

उक्त अवसरमा बिर्तामोड नगरपालिकाले कक्षा पाँचसम्म नि:शुल्क उपलब्ध गराएको विद्यालय पोसाक विद्यार्थीलाई प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको अवसर पारेर दाता, अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने दाताहरुमा धर्म लक्सम्बा, नविन विमली, सुनिल थापा र गोविन्द कार्की रहेका विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट शिक्षकबाट धनमाया न्यौपाने, उत्कृष्ट अभिभावकबाट धर्मानन्द आचार्य र उत्कृष्ट विद्यार्थीबाट प्रिस्किला पाण्डेलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, बिर्तामोड नगरपालिका वडा नं.१० का वडाध्यक्ष दुर्योधन गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका शिक्षक शर्मिला बुढाथोकीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन धनमाया न्यौपानेले गरेकी थिइन् । No description available.

प्रतिक्रिया दिनुहोस्