Logo

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ: अर्थमन्त्री



नुवाकोट, २७ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिका-१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताएका हुन् ।

“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन”, अर्थमन्त्री महतले भने, “अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ ।”

उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे । “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी-रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा-छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ”, उनले भने । उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्