Logo

उद्यमी-व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की



मोरङ, २९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी-व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आज यहाँ भएको छैटौँ प्रदेशसभा बैठकमा उनले सरकार र व्यवसायी एक-अर्काका परिपूरक भएकाले आपसी साझेदारी सहकार्यका आधारमा काम गर्नु आवश्यक भएको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले सबै उद्यमी-व्यवसायीले रोजगारी सृजना, राजश्व सङ्कलन तथा योगदानमा सहयोग गर्नुपर्ने तथा सरकारका तर्फबाट पनि उद्योग-व्यवसाय प्रवर्द्धनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रका उद्यमीलाई साथमा लिएर अघिबढ्ने बताए । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेश लगानी प्राधिकरणमा निजी क्षेत्रको अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्