Logo

मौद्रिक नीति समीक्षापछि नेप्से ४५ अंकले बढ्यो

सवा ५ अर्ब कारोबार



काठमाडौं, ६ जेठ । मौद्रिक नीति समीक्षापछि शेयर बजारमा रौनक फर्किएको छ । बजार साताको पहिलो करोबार दिन आइतबार बढेको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको आत्मविश्वासमा केही बढोत्तरी भएको देखिन्छ । विशेषगरी मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।

यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो

प्रतिक्रिया दिनुहोस्