Logo

प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ



काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नाउने समेत धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

सांसद सापकोटाले भन्नुभयो, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जादैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबढी हुने स्थिति पनि छैन ।” उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गर्नुभएको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पार्नुभयो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दनै”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गर्नुभयो ।

रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफनै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो”, उहाँले भन्नुभयो, “समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्