Logo

कांग्रेसले फेरि बोलायो संसदीय दलको बैठक



काठमाडौं, जेठ ७ गते । नेपाली कांग्रेसले फेरि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएलगत्तै कांग्रेसले संसदीय दलको बैठक डाकेको हो ।

बैठक साढे १ बजेबाट संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ । बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्ने बताइएको छ ।

यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहोर्‍याएको थियो ।

संसदीय दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्