Logo

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध



 

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन् ।

बैठक सुरू हुनासाथ आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् ।

कांग्रेससहित विपक्षी दलका सांसदहरूको विरोधका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसुची छ ।

प्रतिक्रिया दिनुहोस्