Logo

अशोक बिष्टको ‘नम्बर वान कालो चस्मा’ मा अन्जली र मनिष यसरी नाचे [भिडिओे]



काठमाडौँ, ८ जेठ । गायिका शान्ति श्री परियार र मनिष श्रेष्ठको स्वरमा रहेको ‘कालो चस्मा’ गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक कालो चस्मा बोलको गीतमा गायक श्रेष्ठकै संगीत र अशोक बिष्टको शब्द रहेको छ । भिडिओमा अन्जली अधिकारी र गायक श्रेष्ठनै फिचर्ड छन् ।

मनिष श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडिओ क्रिएटिभ मोशन पिक्चर्सले तयार गरेको हो । भिडियोलाई मनिष श्रेष्ठ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडिओलाई हालसम्म तीन लाख भन्दा धेरैले हेरेका छन् ।

बिष्टकै लय, शब्द रहेको अर्को पूर्वेली गीतको भिडिओ यहि शुक्रबार बजारमा आउने बिष्टले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडिओः

प्रतिक्रिया दिनुहोस्