Logo

गुजरातको टीआरपी गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २८ जनाको मृत्यु



भारत, १३ जेठ । भारत गुजरातको राजकोट शहरस्थित टीआरपी गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी मानिसको सकुशल उद्धार गरिएको बिबिसीले जनाएको छ ।

आगलागी भएका बेला गेम जोनमा कति जना थिए भन्ने खुलिनसकेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । मृतकको पहिचान नै हुन नसक्ने गरी शव जलेको छ । पहिचानका लागि डीएनए परीक्षण गरिने छ । शनिबार साँझ लागेको आगो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्