Logo

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे



काठमाडौं, १३ जेठ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराउनुभयो।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्