Logo

दोस्रो चरणको टिपिडी तालीम उद्घाटन



झापा, १७ जेष्ठ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टि. पि.डि तालीम शुरु भएको छ । आधारभूत तह १र५ का अध्यापनरत २३ जना स्थायी शिक्षकहरुका लागि एकीकृत पाठयक्रमा आधारित १० दिने प्रमाणीकरण तालीम सन्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचीव तोयानाथ रेग्मीले बताउनु भयो ।

शिक्षकहरुको वृत्ति बिकास सगै आधुनिक प्राविधि, नवीनता ज्ञान सिप प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने, गुणस्तरीय शिक्षा प्रदान गरि असल नागरिक उत्पादन गर्न सक्षम बनाउने भन्दै प्रमुख आतिथि शिक्षा बिकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिश्वकर्माले सहभागी सम्पुर्ण शिक्षकहरुलाइ शुभकामना एवम् आयोजक शिक्षा शाखालाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

पछिल्लो समय सामुदायिक बिद्यालयहरुमा अद्ययन गर्न आउने विद्यार्थीहरुको चाप बढदै गएको र सरकारले शिक्षक पेसागत बिकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालीम प्रदान गर्दै आएकोमा नगर भित्रै नमुना बिद्यालयको रूपमा देखापर्न थालेकोमा खुसी व्यक्त गर्दै अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर अध्यक्ष चन्द्र खत्री, सचीव टंक न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक सगठन नगर अध्यक्ष केदार पोख्रेल, नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, एन्टोका रुद्र खतिवडा, नगर कर्मचारी परिसद अध्यक्ष रुद्र पौडेलले तालीम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

शिक्षा तालीम केन्द्र सुनसरीका सहजकर्ता सुपेनचन्द्रशिह राजवन्शी, रेवन्त बहादुर बस्नेत, मानबहादुर देवकोटा, सोममणी कोइराला लगायतले सहजिकरण गर्नुहुनेछ ।

नगरको आ व २०८०र०८१ बजेट अनुसार नगरको आर्थिक ब्यवस्थापन र शिक्षा तालीम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा अधिकृत सुनिता भट्टराईले बताउनु भयो । उदघाटन कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्