Logo

बिएण्डसीमा नि:शुल्क डायलाइसिस सेवा शुरु (भिडियोसहित)



झापा, जेठ २० । बिर्तामोडस्थीत बिएण्डसी टिचिङ्ग अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा शुरु भएको छ । नेपाल सरकारको विपन्न नागरिक औषधि कोष कार्यक्रम अन्तरगत बिएण्डसी अस्पतालले नि:शुल्क हेमोडाइलाइसिस सेवा संचालनमा ल्याएको आज आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अस्पतालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सम्झौता अनुसार विपन्न नागरिक उपचार कोष अन्तरगत निशुल्क हेमोडाइलाइसिस सेवा शुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत एवं प्रवक्त प्रोमिस गिरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रवक्ता गिरीका अनुसार मृगौलाका बिरामीलाई सम्बन्धीत स्थानीय तहको सिफारिसका आधारमा निशुल्क डाइलाइसिस सेवा उपलब्ध गराईनेछ । हाल ५ वटा मेसिनबाट डाइलाइसिस सेवा सूरु गरिएको र एक महिना भित्र मेशिनको संख्या २० वटा पुर्याएर २४ घण्टा डायलाइसिस सेवा प्रदान गरिने प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

अहिले नेपालमा ३० लाख मृगौलाका बिरामी रहेको र प्रत्येक बर्ष ३ देखि ४ हजारको संख्यमा मृगौला रोगीहरु थपिने गरेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्