Logo

भारतीय प्रधानमन्त्रीले दिए राजीनामा



काठमाडौं,२३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाउनुभएको छ । राजीनामासँगै उहाले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाउनुभएको हो ।

भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनुअुनेछ । जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ।

भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ। बहुमत  सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्