Logo

यो गठबन्धन निर्वाचनसम्मै जान्छ :अध्यक्ष ओली



चितवन, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललाई अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अनावश्यक रुपमा विवादमा तान्न बिपक्षी दलले प्रयास गरेको भन्दै सभ्य रुपमा राजनीति गर्न उहाँले अनुरोध गर्नुभयो । झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा सम्लग्नताको विषयमा पत्रकारले सोधेको जवाफमा अध्यक्ष ओलीले सभ्य राजनीति गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै कुनै पनि हालतमा नभत्कने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन भत्कदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”

उहाँले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देशको प्रधानमन्त्री जाने परम्परा पुरानो भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा समेत गएको, सुशील कोइराला पनि जानु भएको स्मरण गर्नुभयो ।

सरकारको बजेट अझ राम्रो हुनुपर्छ, कार्यान्वयनको पक्ष बलियो हुनुपर्छ भन्ने धारणा एमालेको रहेको बताउनुभयो । बजेटका विषयमा अनेक टिप्पणी बिपक्षीले गरेको र एमालेले आलोचना गरेको भनी प्रचार भएकोमा उहाँले भन्नुभयो, “थप राम्रो बनाउनुपर्छ, परिमार्जन गर्न सक्ने ठाउँमा परिमार्जन गर्नुपर्छ भन्ने सुझाव नराम्रो हो र रु”

अध्यक्ष ओलीले राजदुत फिर्ता बोलाउनु सरकारको नियमित कार्यक्रम भएको बताउनुभयो । यसमा आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । उहाँले शिक्षा मन्त्रीको विषयमा आफुले कुनै टिप्पणी नगरेको र आफुले राखेको धारणा कसैसङ मेल खाएको हुन सक्ने बताउनुभयो । एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्