Logo

मेचे समुदायका महिलालाई पालिकास्तरिय उद्घोषण तथा माइन्युट लेखन तालिम



झापा, २५ जेठ । हल्दिबारी गाउँपालिकामा लोपोन्मुख मेचे समुदायका महिलालाई लक्षित गरेर पालिकास्तरिय ७ दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ।

कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक आयुषा मेचेको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं १,२,४ का वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी र सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू, शान्ता शिवाकोटी भगिरथा दाहाल, शान्ता गहतराज, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, रचना कुलुङ, विष्णु राई लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले हल्दिबारीमा बसोबासको बाहुल्यता रहेको लोपोन्मुख मेचे समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको र व्यक्तित्व विकासको लागि तालिममा सहभागी दिदीबहिनीहरुलाई शुभकामना दिनुभयो।

विकास भनेको भौतिक मात्र नभई क्षमता अभिवृद्धि तथा आफ्नो कुराहरू निर्धक्क राख्न सक्नु पनि विकास भएकाले व्यक्तित्व विकास गरी समाजमा नेतृत्व लिन उहाले आग्रह गर्नुभयो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत वनले मेचे जातिको आफ्नो छुट्टै पहिचान भएपनि पछी परेकाले मेचेलाई नै लक्षित गरेर तालिम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा वडाध्यक्षहरु सन्तकुमार थापा, देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायतले शुभकामना राख्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष आयुषा मेचेले मेचे महिलाहरु लक्षित यो तालिम पहिलो पटक आयोजना गरिएकोमा पालिकाप्रति खुसी व्यक्त गर्नुुभयो । मेचे महिलाहरुको क्षमता अभिवृद्धिको पहिलो सुरूवात उद्घोषण र माइन्युट लेखन भएको र तालिम पश्चात् विभिन्न योजनाहरू माग गरि अघि बढ्ने धारणा राख्नुुभयो।

महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले संचालन गरेको तालिममा सहजकर्ता संचारकर्मी देवीका अधिकारी रहनभएको छ । जेठ २५ गतेबाट सुरु भएको तालिम जेठ ३२ गते समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्