Logo

टी–२० विश्वकप : ओमनलाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा



काठमाडौं, २८ जेठ । टी–२० विश्वकपमा ओमानमाथि शानदार जित हासिल गर्दै स्कटल्याण्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा स्कटल्याण्ड ७ विकेटले विजयी बनेको हो ।

ओमानले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य टोलीले मात्र ३ विकेटको क्षतिमा ४१ बल अगावै पछ्यायो । टोलीका लागि ब्रान्डन म्याकमुलेन नायक बने । उनले मात्र ३१ बलमा ६१ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे ।ओपनर जर्ज मुन्सेले २० बलमा ४१ रनको योगदान दिए । उनले २ चौका र ४ छक्का हिर्काए ।

ओमानका लागि बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । टोलीका लागि ओपनर प्रतीक अथाभालेले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४ चौका र २ छक्का हिर्काए ।

समूह बीमा स्कटल्याण्ड ५ अङ्क बटुल्दै शीर्ष स्थानमा पुगेको छ । ३ खेलमा टोलीले २ मा जित हासिल गरेको छ भने १ खेलमा कुनै नतिजा निस्कन सकेन ।

समूहको दोस्रो स्थानमा अस्ट्रेलिया छ । एक खेल कम खेलेको टोलीको ४ अङ्क छ । ओमान भने ३ खेलमा जितविहीन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्