Logo

गण्डकीमा सुरेन्द्र पाण्डेलाई पुग्यो बहुमत, देवकोटा र मनाङेले हाले विश्वासको मत



गण्डकी, २८ जेठ ।  गण्डकीमा सुरेन्द्र पाण्डेलाई पुग्यो बहुमत, देवकोटा र मनाङेले हाले विश्वासको मत

गण्डकी, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनéएको छ । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरेका छन् ।

पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, राजीव गुरुङ दीपक मनाङे र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी नेसपाका सांसद फणीन्द्र देवकोटाले मतदान गर्नुुभएको छ ।

प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्