Logo

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता



काठमाडौँ, २८ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको दुई दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शपथग्रहण कार्यक्रममा भाग लिन नेपाली कार्यदलको नेतृत्व गर्दै उहाँ आइतबार दिल्ली जानुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, रवि लामिछाने, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग संक्षिप्त वार्ता गर्नुभएको थियो । उहाँको कार्यकालको सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । उहाँको कार्यकालमा दुई मुलुकबिचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण दलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहालसहित उच्च पदस्थ कर्मचारीहरू रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्