Logo

टी–२० विश्वकप : दक्षिण अफ्रिकाको रोमाञ्चक जीत, बंगलादेश ४ रनले पराजीत



काठमाडौं, २९ जेठ । आईसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजीत गरेको छ ।

सोमबार न्यूयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको हो ।

उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । त्यस्तै डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए ।

११४ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको वंगलादेशले निर्धारीत २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ मात्र बनाउन सक्यो ।

३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेशले भने दुई खेलमध्ये एक मात्र जित र एकमा हार बेहोरेको छ । टोली २ अङ्कसहित दोस्रो स्थानमा छ ।

दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए ।

यी दुवै देशबीच अहिलेसम्म कुल ९ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२ खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्