Logo

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द



काठमाडौँ, ३० जेठ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ ।

वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो ।

खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाडेका छन् । खेल रद्द हुँदा दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्