Logo

अझै केही दिन अत्यधिक गर्मी हुने, मनसुन कोशी प्रदेशमै सक्रिय



काठमाडौँ, ३२ जेठ । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो भए पनि यसपाली गएको २८ गते नै पूर्वमा प्रवेश गरेको थियो ।

मनसुन प्रवेश गरेसँगै कोशी प्रदेशका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । कोशी प्रदेशबाट मनसुन अगाडि बढ्न अनुकुल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् । तर पश्चिममा मनसुन फैलन अझै केही दिन लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्