Logo

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस



काठमाडौं, २ असार । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ। सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्त सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव वैकुण्ठ अर्याल सहभागी हुनुहुन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्