Logo

शिक्षकका लागी सूचना प्राविधि बिकास तालीम



झापा, ५ असार । झापाको अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक बिद्यालयका आइ टि श्रोत शिक्षकहरुका लागी संचालित सूचना प्राविधि सम्बन्धि पाँच दिने क्षमता बिकास तालीम शुरु भएको छ ।

असार ४ देखि ८ गते सम्म पाच दिने प्रशिक्षण कार्यक्रममा आधारभूत तह र माध्यमिक तह एवम् धार्मिक बिद्यालय गरि ३३ बिद्यालयका श्रोत शिक्षकहरु सहभागी रहेको शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उप सचीव तोयानाथ रेग्मीले बताउनुभयो ।

बिद्यालयको कक्षाकोठा देखि प्रशासन सम्म प्रबिधिको प्रयोग गर्नुपर्ने र अबको शिक्षा बालबालिकाहरुले पनि ईन्टरनेट मार्फत विभिन्न उदाहरण र कक्षा अन्तर्गत पाठयक्रम पाठ्यपुस्तक नै मोबाइल र ल्यापटप मै हेर्न सक्ने भएकोले शिक्षकहरु पनि प्रबिधिको ज्ञान र प्रयोग गर्न सक्ने हुन जरुरी भएकोले प्रत्येक बर्ष नगरले आइ टि सम्बन्धि नयाँ नयाँ प्रबिधि आइ रहने हुँदा समय अनुसार शिक्षकहरु अद्यावधिक गर्दै लानु र जानू पर्ने उदघाटन कार्यक्रममा प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय इकाई झापाका शाखा अधिकृत भोलानाथ दाहालले बताउनु भएको थियो ।

कार्यक्रममा अतिथि नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री,सचीव टन्क न्यौपाने शिक्षक संघ सगठ्न हरुबाट केदारनाथ पोख्रेल,सुजाता शिवाकोटी,रुद्र खतिवडा लगायतले पुर्ण तालीम लिइ विद्यार्थीहरुलाइ शिक्षण गर्न र आफ्नो दैनिक जिवनमा सहयोग रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

पाच दिने तालिमको सहजकर्ताहरुमा शिक्षक कपिलदेव तिम्सिना र लोकनाथ ढकाल रहनु भएको छ । अर्जुनधारा शिक्षा शाखाका शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण शाखाकी प्राबिधिक सहायक समिरा दाहालले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्