Logo

टी-२० विश्वकप: वेस्ट इन्डिजमाथि इङ्ल्याण्ड ८ विकेटले विजयी



काठमाडौं, ६ असार । इङ्ल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा इङ्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १७।३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

इङ्ल्याण्डका लागि फिल साल्टले सर्वाधिक ८७ रन बनाए भने जोनीले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्वाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६–३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि इङ्ल्याण्डले सुपर आठको समूह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । अब इङ्ल्याण्डले अर्को खेल शुक्रबार राति दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्