Logo

विश्वकप खेलेर फर्कियो नेपाली टोली, सन्दीप आएनन्



काठमाडौं, ६ असार । आईसीसी टी–२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेर हिजो राति र आज बिहान गरी टोली दुई चरणमा काठमाडौं आइपुगेको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे नै विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । उनीसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट अआउनेछन् ।विश्वकपमा नेपालले चार खेल खेलेको थियो । जसमा एउटा पनि खेलमा जित हात पानए नसकि नेपाल समूह चरणबाटै बाहिरिन पुग्यो ।

१४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्