Logo

टी–२० विश्वकपमा भारतले अफगानिस्तानलाई हरायो



काठमाडौँ, ७ असार । विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। बार्बाडोसमा हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्