Logo

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने



काठमाडौँ, १२ असार । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा भोली बिहान सार्वजनिक हुने भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भोलि बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बिहान ७ बजे बोर्डको बैठक बस्नेछ ।

यसअघि आज नतिजा सार्वजनिक गर्ने भनिएकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले भोलि बिहीबार सार्वजनिक गर्न लागेको हो । बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्