Logo

रामकुमार अछामी अक्षयकोषबाट शिक्षक तथा विद्यार्थी सम्मान



झापा, १२ असार । रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाइ एक समारोह बिच सम्मान गरेको छ ।

शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा रामकुमार अछामी कार्यरत बिद्यालय गणेश आधारभूत बिद्यालयकी उत्कृष्ट जि पि ए ल्याइ जेहेन्दार विद्यार्थी इश्मा बुर्जा मगर र सुष्मा खनाल त्यसै गरी नगर भरिबाट कक्षा ८ मा उत्कृष्ट जि पि ए ल्याउने लक्ष्मी मा बि की सिता अधिकारी र कक्षा १२ मा उत्कृष्ट जि पि ए ल्याउने लक्ष्मी मा बिकी दिब्य काफ्लेलाई नगदसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

त्यसै गरि बर्ष उत्कृष्ट शिक्षकमा ५१ बालशिक्षक मध्येबाट गणेश आधारभूत बिद्यालयकि रिया राई त्यसै गरि आधारभूत बिद्यालय तर्फबाट शनिश्चरे मा बिका सरोज काफ्ले र मा बि तर्फ महारानीगन्ज मा बि का पुर्ब श्रोतब्याक्ती एवम् शिक्षक सुर्यप्रसाद सापकोटा दोसल्ला ओडाइ प्रशंसा पत्र सहित सम्मान गरिएको छ । यसैक्रममा स्वर्गीय रामकुमार अछामीकि धर्मपत्नी शिक्षक कुमारी अछामीलाई स्वागत सम्मान गरिएको थियो ।

रामकुमार अछामी गणेश आधारभूत बिद्यालय प्रधानाध्यापक हुन उनि कामको शिलशिलामा काठमाडौं पुगेर फर्कदा दुर्घटनामा परि २०७५ चैत्र ९ गते स्वर्गबास हुनु भएको थियो । वहाँ एउटा कुसल प्रधानाध्यापक मात्र नभएर नगर कै एउटा सामाजिक कार्यकर्ताको भुमिका निर्भाह गर्ने सगै नेपाल राष्ट्रिय शिक्षक सगठन अर्जुनधाराको अध्यक्ष रहि शिक्षकहरुको हकहित बारेमा अभिभावकको भुमिका समेत निर्भाह गर्नु हुने अछामीलाई सदैव सम्झना र वहाको कार्यको अनुशरण र स्मृतिका लागि यो अक्षयकोष स्थापना गरिएको भन्दै स्वर्गीय राम कुमार अछामीको जिवनी नेपाल राष्ट्रिय शिक्षक सगठनका जिल्ला उपाध्यक्ष पुन्य सुबेदीले प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरि यस अक्षयकोषले नगरका विद्यार्थी एवम् शिक्षकबर्गलाई प्रोत्साहन मात्र नभएर जिम्मेवारी समेत सचेत गराएको छ र नगरबाट यस कोष वृद्धिका लागी सहयोग गर्ने बताउदै नगरको सामुदायिक बिद्यालयहरुले विद्यार्थी र अभिभावकहरुको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हुँदै गएको र यस बर्ष देखि अभिभावक शिक्षा,शिक्षकलाई पुनरताजगी तालीम र नगर प्रमुखसग डिजिटल शिक्षा कार्यक्रम योजना राखिएको र अद्ययनका लागी विभिन्न देश जानू अघि वृजकोष,विभिन्न भाषा सिक्न अब नगर मै ब्यवस्थापन गर्ने समेत जानकारी गराउदै स्वर्गीय रामकुमार अछामीसग बिगतमा सगै सहकार्य गरेको सम्झना सुनाउदै प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देनले वहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री,एकीकृत अखिल शिक्षक सगठन कोशी प्रदेशका महासचिव कपिलदेव तिम्सिना,शनिश्चरे मा बि बि ब्य स अध्यक्ष डिल्लीराम दाहाल सम्मानित शिक्षक सुर्य प्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सगठनका पुर्ब सस्थापक केन्द्रिय सदस्य बद्री ओलि,नेपाल शिक्षक संघ अर्जुनधाराकी अध्यक्ष सुजाता शिवाकोटी,नेपाल राष्ट्रिय शिक्षक सगठन जिल्ला उपाध्यक्ष तारा बिक लगायतले सम्मानित ब्याक्तित्वहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कोषमा चार लाख दस हजार तीन सय एक्काईस रहेकोमा आफ्नो कार्यकालमा पाच लाख माथि पुर्याउने बताउदै कार्यक्रम सफल बनाउन पाल्नु हुने सम्पुर्णमा आयोजक नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष केदारनाथ पोख्रेलले धन्यवाद व्यक्त गर्नु भएको कार्यक्रमको स्वागत शिक्षक देवमाया दाहाल र सहजीकरण सचिब दिपक भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्