Logo

अफगानिस्तानले अफ्रिकालाई दियो ५७ रनको झिनो लक्ष्य



काठमाडौँ, १३ असार । अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ।

आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ निर्णय लिएको अफगाननिस्तानले ११।५ ओभरमा अलआउट हुँदै ५६ रन मात्र जोडेको थियो।

ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा भएको टसमा अफगानिस्तानका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३÷३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २÷२ विकेट लिए।

२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्। दुवै टोली पहिलोपटक फाइनल पुग्ने प्रयाशमा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्