Logo

राजीनामा दिन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह



काठमाडौं, १९ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिनु भएको छ ।

उहाँले भन्नुभयो, ‘ठुला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।,’

उहाँले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्