Logo

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा



काठमाडौँ, २६ असार  । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा क्यानडालाई २–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिकै पुगेको हो । उसका लागि खेलको २२ मिनेटमा जुलियन अल्भारेज र ५१ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे ।

अर्जेन्टिना इक्वेडरलाई हराउँदै र क्यानडा भेनेजुएलालाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । अब अर्जेन्टिनाले उपाधिको लागि उरुग्वे र कोलम्बियामध्ये एउटा देशसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि बिहान पौने ६ बजे उरुग्वे र कोलम्बियाले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्