Logo

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार



काठमाडौँ, ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते हुनुभएको छ ।

सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा ढल्नु भएको थियो । पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उहामाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उहाको अनुहारमा अनुहारमा रगत देखिएको थियो।

अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ।

 

ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको वतााउनु भएको छ।

राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उहा सुरक्षित रहेको वताउनु भयो।

प्रतिक्रिया दिनुहोस्