Logo

सन्थाल समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याएका टेकनाथलाइ निदि क्याम्पसले निशुल्क पढाउने



झापा, ३० असार । सन्थाल समुदायबाट एसइइमा उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल/इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ ।

झापाको बिर्तामोडमा अवस्थित निदि सेकेन्डरी स्कुल/ इन्द्रेणी क्याम्पसले बाह्रदशीका सोरेनलाई कक्षा ११ र १२ मा विज्ञान विषयमा निःशुल्क अध्ययन गराउने भएको हो ।

साथै निदिले प्लस टु पछाडी पनि सोरेनलाई पठनपाठनमा सहयोग गर्ने संस्थापक प्रिन्सिपल रञ्जित शाहले वताउनुुभयो ।

बिद्यालयमा अद्य्यनरत तथा अन्य बिद्यालयबाट अद्ययन गर्न आउने जेहेन्दार एवम् आर्थिक समस्या भएका सिमान्तकृत दलित, महिला तथा अन्य विद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति तथा अर्ध छात्रवृत्ति दिइदै आएको प्रिन्सिपल शाहले वताउनुुभयो ।

प्रिन्सिपल शाहले सन्थाल समुदायबाटै छात्रातर्फ एसइइ परीक्षमा उच्च अंक ल्याएकी झापा गौरीगञ्जकी पर्वती हस्दालाई पनि निदि माविले निःशुल्क पढाउने घोषणा गर्नुुभएको छ । छात्रा हस्दाले अध्ययन गर्न चाहेको खण्डमा निदि माविले निःशुल्क पढाउने प्रिन्सिपल शाहले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्