Logo

बिएण्डसी अस्पतालले साउनबाट स्वास्थ्य बीमाको सेवा दिने(भिडियो)



झापा , असार ३० गते। झापाको विर्तामोडमा अवस्थित बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । बिएण्डसी अस्पतालका प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।

प्रवक्ता गिरीले लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने उदेश्यले १० वटा दर्ता काउन्टर संचालनमा ल्याइने जानकारी दिनुभयो । । रेफर गरेर आएका बिमितहरुले बिएण्डसीमा उपाचार पाउने जानकारी दिदै उहाले इमरजेन्सी बिरामीहरुको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य बीमाबाट उपचार गर्न पाइने वताउनुुभयो ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौता बमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन लागेको गिरीले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरुलाई औषधी, स्वास्थ्य परीक्षणहरु, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ । बिएण्डसी अस्पतालमा २४ सै घण्टा ईमरजेन्सी सेवा सहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरु रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटि स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिदै आइरहेको मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवले जानकारी दिनुभयो ।

उपचारमा आउने बिरामीहरुको लागि कुरुवा कक्ष, प्रविधिमैत्री वातावरणमा उपचार प्रदान गरिनेछ ।स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित रुपले संचालन गर्न बिएण्डसी अस्पतालमा, एमडी, एमसीएच, एमएस गरेका वरिष्ट चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरुले सेवा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्