Logo

युरो कपको उपाधि स्पेनलाई, इङ्ग्ल्यान्ड दोस्रो पटक स्तब्ध



काठमाण्डौ, ३१ असार । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।

खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍यो । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं मिनेटमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताएका हुन् ।

स्पेनको यो चौथो युरो उपाधि हो । योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ । इङ्ल्यान्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्