Logo

लिङ्कन मन्टेश्वरीमा शिक्षक परामर्श तालिम



झापा, ५ साउन। बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरीमा शिक्षक परामर्श तालिम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.३ मा अवस्थित मन्टेश्वरीले सामाजिक उत्तरदायित्व अन्तरगत तालिम सञ्चालन गरेको सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा भएको तालिममा ओमविद्या मन्दिर, लिङ्कन मन्टेश्वरी, कञ्चन स्कुल, ब्रराइट फ्युचर मन्टोश्वरीका शिक्षकको सहभागिता रहेको थियो ।

उक्त तालिमको सहजीकरण पाटन शिक्षक प्रशिक्षण केन्द्रका तालिम निर्देशक जनक पराजुली र मिश्रा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले बालबालिकाको विकासका निम्ति नगरले पनि योजना बनाउने वताउनुभयो । प्रसाईंले नगरपालिका बालबालिका तथा शिक्षाको क्षेत्रका लागि नयाँ रणनीति र योजना बनाउन लागि परेको वताउनुभयो ।

प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालले शिक्षकका लागि लिङ्कनले आयोजना गरेको तालिम एकदम रचनात्मक रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

उक्त तालिममा शिक्षा बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपाने, शैक्षिक व्यक्तित्व केशव मैनाली, कमलमोहन उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

मन्टेश्वरीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा बालबालिका, अभिभावक तथा अन्य विद्यालयका शिक्षकहरुलाई विभिन्न विधामा प्रशिक्षण दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्