Logo

प्रधानमन्त्री ओलीद्वारा एमाले–काँग्रेसको सातबुँदे सहमति सार्वजनिक, के-के छन् सहमतिमा ?



काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहमति सार्वजनिक गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्नुहुँदै सहमति सार्वजनिक गर्नु भएको हो ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, सरकार दुई वर्षसम्म केपी शर्मा ओलीले र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने, समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्